सानिमा इन्स्योरेन्स र सिटिजन्स क्यापिटलबीच हकप्रद शेयर निष्कासन सम्बन्धी सम्झौता

काठमाडौँ । आज एक समारोह बीच सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेड बीच इन्स्योरेन्सको हकप्रद शेयर निष्कासनको लागि निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको ५०,००,००० कित्ता हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *