खेल क्षेत्रको विकासमा कटिबद्ध छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले खेल क्षेत्रलाई संस्थागत रुपले विकास गर्न घरेलु प्रतियोगिताहरुको महत्वपूर्ण भुमिका हुने बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित प्रकाश दाहाल स्मृति चौंथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताए ।

उनले खेल क्षेत्रलाई संस्थागत रुपले विकास गर्न आन्तरिक खेलकुद कार्यक्रमहरुको भुमिका उल्लेख्य हुने बताए ।

उनले प्रकाश दाहाल युवाहरुको मनमा राम्रोसँग बस्न सफल भएको कार्यक्रमको उपस्थितिबाट प्रमाणित भएको बताए । उनले चौथो प्रकाश दाहाल मेमोरियल खुला राष्ट्रिय बक्सिङ च्याम्पियनसिपले प्रकाश दाहालका स्मृति मात्रै नभइ योगदानलाई पनि जीवन्त राख्ने महत्वपूर्ण भुमिका खेलेको बताए ।

उनले भने–‘यहाँहरुको उपस्थिति र उत्साह हेर्दा प्रकाश दाहाल साँच्चै नै युवाहरुमा राम्रैसँग बस्न सफल भएका थिए भन्नेकुरालाई यसले फेरि प्रमाणित गरेको छ । तपाईंहरु सबैलाई धन्यवाद भन्न चाहन्छु । यो आयोजनामार्फत प्रकाश दाहालका स्मृति मात्रै होइन, उनका योगदानलाई पनि जीवन्त राख्ने महत्वपूर्ण भुमिका खेलेको छ । खेलाडी भाई बहिनीहरुलाई उच्च प्रोत्साहनका साथ अनुशासित रुपले खेल सम्पन्न गर्न बधाई दिन्छु । खेल क्षेत्रलाई संस्थागत रुपले विकास गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्छन् ।’

प्रतियोगिता असार २१ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *