रामबहादुर बमजनलाई १० वर्ष कैद सजाय

काठमाडौं । बाल यौन दुराचार गरेको कसुरमा तपस्वी रामबहादुर बमजनलाई १० वर्ष कैद सजाय सुनाइएको छ ।

जिल्ला अदालत, सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार उनलाई १० वर्ष कैद र पीडितलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो ।

यसअघि पनि न्यायाधीश भण्डारीको इजलासले १० असारमा बमजनलाई दोषी ठहर गरेको थियो र सजाय निर्धारणका लागि सोमबारका लागि पेशी तोकिएको थियो ।

बमजनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले गत पुस २४ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।

आफ्ना अनुयायीहरूमाथि बलात्कार र हत्या हिंसा गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो । यति मात्रै होइन, बमजनमाथि विभिन्न जिल्लाका केही मानिसलाई बेपत्ता पारेको आरोप समेत छ ।

लामो समयदेखि फरार रहेका बमजनलाई पक्राउ गर्न प्रहरीलाई लामो समय लाग्यो । पुस २०७६ मा सिन्धुपाल्चोकको इन्द्रावती–६ बाँडे गाउँ तथा असार २०७७ मा कमलामाई नगरपालिका ९ पैरेको आश्रममा छापा समेत हानेको थियो । तर उनी फरार रहँदै आएका थिए ।

अन्ततः उनलाई प्रहरी पक्राउ गरि मुद्दा चलाएर अनुसन्धान गरेको थियो । जिल्ला अदालतले पनि उनलाई दोषी ठहर गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *