थापाथलीस्थित बागमती नदीमा एक पुरुषको शव फेला

काठमाडौँ । थापाथलीस्थित बागमती नदीमा खोलाले बगाएर ल्याएको एक पुरुषको शव फेला परेको छ ।

सोमबार साँझ बागमती नदीमा उक्त शव फेला परेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार प्रहरीले घटनास्थलमा पुगेर शव निकालेको हो ।

उक्त शव सनाखत भई नसकेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *