प्रचण्डको ब्रिफिङ– सरकार ढल्दैन, बाहिर आएको हल्ला सत्य होइन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार परिवर्तनको चर्चाबारे मन्त्रीपरिषद्मा विफ्रिङ गरेका छन् ।

मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्रीले बाहिर आएको हल्लाबारे कुनै सत्यता नरहेको बताएका छन् । उनले सरकार लामो समयसम्म चल्ने बताएका सरकारका प्रवक्ता रेखा शर्माले जनाकारी दिइन् ।

उनले भनिन्– ‘यस विषयमा कुनै छलफल भएन, तर प्रधानमन्त्रीले ब्रिफिङ गर्नु भयो । बाहिर आएको हल्ला सत्य होइन, गठबन्धन लामै समय जान्छ  भन्नुभयो ।’

प्रवक्ता शर्माले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताइन् ।

उनले सञ्चारमाध्यममा असमझदारी भयो, गठबन्धन टुट्यो भन्ने जस्ता समाचारमा सत्यता नरहेको स्पष्ट पारिन् ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच सकारात्मक छलफल भएको बताएकी छन् ।

उनले सञ्चारमाध्यममा मिडिया ट्रायलका रुपमा वर्तमान सरकार ढल्यो भन्ने हल्ला फिँजाइएको बताइन् ।

‘बाहिर असमझदारी भए, बढे भन्ने जुन खालका चर्चा छन्, ति सबै कुरा असत्य हुन् । त्यस्तो छैन । यसलाई मिडिया ट्रायलका रुपमा ल्याइएको हो,’उनले भनिन, ‘कमरेड केपी ओलीले सबै आफ्ना मन्त्रीलाई ६ बजे बोलाएको भन्ने मिडियामा छ, मन्त्रीहरुलाई थाहा छैन । आएका सबै समाचारहरु सत्य हुँदा रहेनछन् भन्ने यो उदाहरण हो ।’

उनले आएका सबै समाचार सत्य हुँदा रहेनछन् भन्ने उदाहरणका रुपमा लिनुपर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *