गण्डकी प्रदेशसभाबाट बजेट पारित

गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१र८२ को बजेट बहुमतले पारित भएको छ ।

यही असार १ गते गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा टकराज गुुरुङले गण्डकी प्रदेशसभामा प्रस्तुत गरेको बजेट गण्डकी प्रदेशसभाको आजको बैठकले पारित गरेको हो ।

मन्त्री गुुरुङले आव २०८१र८२ का लागि रु ३२ अर्ब ९६ करोड ८५ लाखको बजेट प्रस्तुत गरेका थिए । बजेटमध्ये चालुतर्फ रु १३ अर्ब १६ करोड, पाँच लाख ८२ हजार र पुँजीगततर्फ रु १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार रहेको छ।

चालुतर्फ कूल विनियोजनको ३९ दशमलव ९१ प्रतिशत हो भने पुँजीगततर्फ कूल विनियोजनको ५९ दशमलव १९ प्रतिशत हो ।

यसअघि विभिन्न बैठकमा सदस्यहरूले बजेटका सम्बन्धमा आ–आफ्ना धारणा राखेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *