कांग्रेस भ्रातृ संघको महाधिवेशन गराउन निर्देशक समिति

नेपाली कांग्रेसका भ्रातृ संघको महाधिवेशन गराउन फरक–फरक निर्देशक समिति गठन गरिएको छ।

महाधिवेशन सम्पन्न नगरेका नेपाली कांग्रेसका भ्रातृ संघहरूको महाधिवेशन सम्पन्न गर्न फरक भ्रातृ संघका लागि अधिकार सम्पन्न फरक—फरक निर्देशक समिति गठन गर्ने निर्णय सोमबार गरेको हो।

निर्देशक समितिले भ्रातृ संघको महाधिवेशन सम्पन्न गर्न अविलम्ब कार्यतालिका निर्माण गर्ने छन् भने विधानमा समयानुकूल परिमार्जनदेखि आन्तरिक समस्याहरुको वस्तुगत विश्लेषण गरेर निकासका लागि आवश्यक समन्वय र सहजिकरण गर्ने कांग्रेसले बैठकपछि जानकारी दिएको छ।

सभापति शेरबहादुर देउवाले निर्देशक समितिहरूलाई २०८१ चैत्र मसान्तसम्म अनिवार्य रुपमा महाधिवेशन सम्पन्न गर्ने गरी कार्यादेश दिएका छन्।

सो अवधिसम्मका लागि संघका तदर्थ कार्यसमितिहरूको समयावधि थप गरिएको छ ।

पार्टी केन्द्रीय कार्यसमितिको आगामी बैठकमा अनुमोदनका लागि पेश गर्ने गरी यो निर्णय गरेको हो। निर्णय नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल थारु संघको हकमा लागू हुने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *