शंकर पोखरेलले खुलाए कांग्रेस-एमाले सहमतिको अन्तर्य

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने गरी नेपाली कांग्रेस र नेकपा एमालेबिच नयाँ सहमति भएको बताएका छन् । महासचिव पोखरेलले सामाजिकसञ्जाल फेसबुकमार्फत कांग्रेस एमाले सहमति र त्यसको अन्तर्यबारे खुलाएका हुन् ।

उनले ओलीको नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकामा संविधान संशोधनमा सहमत दललाई सहभागी गराउने बताएका छन् । ‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरुपका कानुनसमेत निर्माण गर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन नेकपा (एमाले) र नेपाली कांग्रेसका बीचमा समझदारी । यस प्रक्रियामा सहमत दलहरूलाई राष्ट्रिय सरकारमा समावेश गरिने,’ महासचिवले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *