गिरिजाबाबु नभएको देशमा गणतन्त्र पनि आउँदैन थियो : देउवा
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![गिरिजाबाबु नभएको देशमा गणतन्त्र पनि आउँदैन थियो : देउवा](https://www.makalukhabar.com/wp-content/uploads/2024/05/deuba-mk.jpg)
काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन पार्टी सभापति स्व. गिरिजाप्रसाद कोईरालाकै कारण देशमा गणतन्त्र आएको बताएका छन् ।
मंगलवार पार्टी कार्यालय सानेपामा आयोजित स्व. कोईरालालको क्रान्तिदेखि शान्तिसम्म फोटो प्रदर्शनीका क्रममा उनले यस्तो बताएका हुन् । उनले स्व. कोईराला २००७ सालको क्रान्तिदेखि नेपालको राजनीतिमा क्रियाशिल, सक्रिय र जुझारु व्यक्तित्व रहेको बताए ।
उनले गिरिजाका कारण देशमा प्रजातन्त्र मात्रै नफर्किएको भन्दै गिरिजाकै कारण नेपालमा गणतन्त्रसम्म आएको उल्लेख गरे ।
‘गिरिजाबाबु नभएको देशमा गणतन्त्र पनि आउँदैन थियो । त्यसैले गिरिजाबाबु २००७ सालको क्रान्तिदेखि नेपालको राजनीतिमा अत्यन्तै क्रियाशिल, सक्रिय र जुझारु व्यक्तित्व हुनुहुन्थ्यो । त्यो कारणले नेपालमा प्रजातन्त्र मात्रै फर्किएन, गणतन्त्रसमेत आएको छ । मैले विद्यार्थी बेलामा नै उहाँलाई चिनेको हो,’उनले भने,‘त्यो बेलामा उहाँले विश्वविद्यालयको चुनावमा समर्थन गर्नुभएको थियो, पहिलो इलेक्शनमा म हारेको हो वास्तवमा । उहाँको समर्थन भएकै कारण पनि म नेविसंघको सभापति भएको हो । उहाँ कहिल्यै नथाक्ने मान्छे हो । ’
उनले आफूले विद्यार्थी बेलामा नै गिरिजालाई चिनेको र गिरिजाकै सहयोगमा विश्वविद्यालयको चुनावमा जाँदा आफू पराजित भएको पनि स्मरण गरे ।
उनले गिरिजाकै कारण आफू नेपाल विद्यार्थी संघको सभापति भएको बताए । प्रजातन्त्रबाट लडेर गणतन्त्रसमेत ल्याउन सफल भएको व्यक्तिका रुमपा चित्रण गरे ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)