विज्ञान संकायमा उत्कृष्ट नतिजा दिइरहेको ग्लोबल कलेज

काठमाडौँ । धेरै बालबालिकालाई भविष्यमा के बन्ने भनेर सोध्दा सबैजसोको उत्तर हुन्छ– डाक्टर, इन्जिनियर, पाइलट । तर कुन विषय पढ्दा आफ्नो लक्ष्य भेट्टाउन सकिन्छ भन्ने अन्यौलता भने विद्यार्थी र अभिभावकमा हुन्छ । करियर काउन्सिलिङ नपाउँदा अधिकांश विद्यार्थीलाई विषय छनोटमै समस्या हुने गर्छ । अब के पढ्ने ? पढेपछि के बन्ने ? के कस्ता अवसर हुन्छन् ? विषय छनोट कसरी गर्ने ? अहिले आएर भने विश्व बजारमा प्रतिस्पर्धात्मक जनशक्ति कसरी बनाउने भन्ने विषयमा विद्यार्थी र शैक्षिक संस्था दुवै जागरूक भएको पाइन्छ ।

एसइई उत्तीर्ण भएका विद्यार्थीलाई विषयको महत्त्व, सम्भावना आदिका विषयमा जानकारी दिने उद्देश्यले यो सामग्री तयार पारिएको हो । जसका लागि हामीले छनोट गरेका छौं, ग्लोबल स्कुल अफ साइन्स । सन् २०१९ मा स्थापना भएको ग्लोबल स्कुल अफ साइन्सले केही वर्षदेखि विज्ञान संकायमा उत्कृष्ट नतिजा पस्किरहेको देखिन्छ ।

ग्लोबल स्कुल अफ साइन्स नै किन ?
एसइईमा राम्रो जीपीए आएको छ र विज्ञान पढ्ने रुचि छ भने त्यस्ता विद्यार्थीका लागि ग्लोबल स्कुल अफ साइन्स उपयुक्त गन्तव्य बन्न सक्ने ग्लोबल स्कुल अफ साइन्स कलेजका प्रोग्राम डाइरेक्टर गोकुलदेव बडुले बताए ।

सन् २०१९ मा स्थापना भएको यो कलेजले स्थापनाको छोटो समयमा नै मेडिकल, इन्जिनियरिङ र आइटी क्षेत्रमा अब्बल विद्यार्थी उत्पादन गर्न सफल भएको देखिन्छ ।

गेटबाट भित्र प्रवेश गर्नेवित्तिकै निकै ठूलो कम्पाउन्ड, दायाँतिर फुटसल र बास्केटबलमा रमाइरहेका विद्यार्थी, नजिकै बोटबिरुवाले सजाइएका गमलाको लस्कर पार गर्दै जाँदा कुनै स्टार होटलमा पस्दै गरेको अनुभूति दिलाउने यस कलेजमा अत्याधुनिक कक्षा कोठा रहेका छन् । जसमा विद्यार्थीहरूले निर्धक्क आफ्नो प्रतिभा प्रस्फुटन गर्न सक्नेछन् । कक्षा कोठामा स्मार्ट बोर्डहरू जडान गरिएका छन् । जहाँ शिक्षकले हरेक विषय डिजिटल प्रविधिबाट अध्यापन गराउने गरेका छन् ।

ग्लोबल स्कुल अफ साइन्सले आफूलाई मेडिकल र इन्जिनियरिङ विद्यार्थी उत्पादनको हबका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । सोही अनुसार यहाँ कक्षा ११ मा भर्ना भएको दुई महिनादेखि हरेक सोमबार र बिहीबार कलेजभित्रै मेडिकल तथा इन्जिनियरिङको तयारी कक्षा समेत सञ्चालन भइरहेको प्रोग्राम डाइरेक्टर गोकुलदेव बडुले बताए ।

ग्लोबल स्कुल अफ साइन्समा विद्यार्थी भर्ना भएपछि उनीहरूको दुई वर्षे पढाइको सम्पूर्ण जिम्मा कलेजले लिने र हालसम्म यहाँबाट शतप्रतिशत विद्यार्थी उत्कृष्ट नतिजासहित उत्तीर्ण भएको कलेजका प्रोग्राम डाइरेक्टर गोकुलदेव बडू बताउँछन् । उनका अनुसार गत वर्ष देशभर विज्ञान संकायमा देशभरिबाट ४७ जनाले ४ जीपीए ल्याएकोमा ग्लोबल कलेज अफ साइन्सबाट मात्रै ६ जना थिए । यो निकै ठूलो उपलब्धि भएको उनले बताए ।

ग्लोबल स्कुल अफ साइन्सले कक्षा ११ मा विद्यार्थी भर्ना भएर नियमित कक्षा सुरु भएपछि हरेक आइतबार अघिल्लो साताभरि अध्ययन अध्यापन गरेका विषयको परीक्षा साप्ताहिक रुपमा सञ्चालन र हरेक बुधवार यसको नतिजा प्रकाशन गर्ने कलेजले जनाएको छ । नतिजा उनीहरूका अभिभावकलाई समेत दिइने प्रोग्राम डाइरेक्टर बडू बताउँछन् ।

यसरी एक महिनासम्म चार पटक नियमित परीक्षा लिएपछि विद्यार्थीको शैक्षिक अवस्था कस्तो छ रु पढाएको बुझ्छ वा बुझ्दैन ? पढाईलेखाईको स्तर कस्तो छ ? भन्ने जानकारी हुने भन्दै उनले महिनाको अन्त्यमा हरेक अभिभावकलाई महिनामा कति परीक्षा भए ? कति अंक ल्याएको छ ? कलेजमा कति दिन उपस्थित भएको छ ? विद्यार्थीको व्यवहार कस्तो छ ? गृहकार्य समयमा गरेको छ कि छैन ? जस्ता कुराहरू रिपोर्ट बनाएर अभिभावकलाई दिइने बताए ।

उनले भने ‘यसबाट विद्यार्थीहरूको डिभिजन सुरु हुन्छ र कमजोर देखिएका विद्यार्थीलाई अतिरिक्त कक्षाको व्यवस्था कलेजले नै गर्छ । उनीहरुले नियमित कक्षा सुरु हुनुभन्दा अघि बिहानीको समयमा गएर अनिवार्य रुपमा अतिरिक्त कक्षा लिनुपर्छ र जब तीन महिनाको टर्मिनल एक्जाममा राम्रो नतिजा निकाल्न सक्छन्, त्यसपछि त्यो कक्षाबाट ‘रिलिज’ गरिन्छ र जसको कमजोर नतिजा छ, उसलाई त्यहाँ राखिन्छ । यसरी निरन्तरको प्रयासबाट सबै विद्यार्थीले शतप्रतिशत नतिजा आइरहेको छ ।

ग्लोबल स्कुल अफ साइन्स पछिल्लो समय विद्यार्थी मात्रै नभएर शिक्षकको पनि रोजाइको स्कुल बनेको प्रोग्राम डाइरेक्टर बडू बताउँछन् । उनका अनुसार यहाँ ४० जना पूर्णकालीन, ३० जना आंशिक शिक्षक र २० जना कर्मचारी छन् । जो जतिबेला पनि विद्यार्थीका समस्या हल गर्न उपस्थित हुन्छन् । पूर्णकालीन शिक्षकहरूले बिहानैदेखि स्कुलमा उपलब्ध हुने भएकाले कमजोर विद्यार्थी र कक्षामा नियमित पढाइका क्रममा नबुझेका तथा सामूहिक छलफलमा आफूले नजानेको कुरा प्रस्टसँग राख्न नसक्ने विद्यार्थीले पनि यो समयमा आएर अतिरिक्त कक्षा लिन वा शिक्षकसँग व्यक्तिगत रुपमा भेटेर समस्या समाधान निकाल्न सक्छन् । जुन कक्षाको अतिरिक्त शुल्क नलाग्ने उनले बताए ।

उनले कलेजको सबैभन्दा राम्रो पक्ष भनेको शिक्षकले विद्यार्थीलाई ‘फोर्सफुल्ली’ भन्दा पनि विषयवस्तुबारे ‘मोटिभेट’ गरेर अध्यापन गराउने भएकाले अहिलेसम्म यो स्कुलले शतप्रतिशत नतिजा ल्याउन सफल भएको बताए । उनले कलेजको सबैभन्दा राम्रो पक्ष भनेकै कलेजमा कुनै पनि विद्यार्थी भर्ना भइसकेपछि उसको पढाइको सम्पूर्ण जिम्मा कलेजले नै लिने बनाए । उनले कुनै पनि बहानामा अभिभावकलाई थप भार पर्नेगरी ट्युसन पढाउन लगाउने, अतिरिक्त कक्षाको व्यवस्था गराउनेजस्ता काम नगर्ने बताए ।

उनले कलेजको सबैभन्दा बलियो पक्ष भनेको कुनै अभिभावकले आफ्नो एउटा छोराछोरीलाई यहाँ पढाए भने अर्को छोराछोरी पनि यही पढाउन चाहने बताए । उनले भने ‘यो अभिभावकको कलेजप्रतिको विश्वास हो ।’

सुविधा सम्पन्न संरचना र भविष्यमुखी शिक्षा

एसइईपछिको शिक्षा विद्यार्थीहरूको भविष्यसँग सिधा सम्बन्धित हुन्छ । त्यसैले यो भविष्यको जग बसाल्ने शैक्षिक तह पनि हो । यो स्टेजमा गएर कसैको पढाई कमजोर भयो भने उसको सिंगो करियरमा नै क्षति पुग्न सक्छ ।

ग्लोबल स्कुल अफ साइन्स यो कुराप्रति सचेत भएको प्रोग्राम डाइरेक्टर बडुले बताए । यहाँको भवन बाहिर भव्यमात्रै होइन, भित्र पनि उत्तिकै सुविधा सम्पन्न छ । यहाँको ल्याबमा एकैपटक ४० देखि ४५ जना विद्यार्थीले प्रयोगात्मक सिकाई क्रियाकलाप (प्राक्टिकल) गर्न पाउँछन् । पढ्ने इच्छा भएका विद्यार्थीलाई यो स्कुल सधैँ खुला हुन्छ । शनिवार पनि यहाँ पुस्तकालयमा गएर अध्ययन गर्न सकिने उनले बताए ।

हरेक कक्षाहरूमा स्मार्ट बोर्ड राखिएकाले विज्ञानका सैद्धान्तिक विषयहरूलाई तत्कालै स्मार्ट बोर्डबाट प्राक्टिकल रुपमा हेर्न पाइन्छ । जस्तो मानव शरीरका अङ्गहरूबारे पढाई भइरहेको छ  । शिक्षक वा विद्यार्थीले हातले चित्र बनाएर देखाइरहनुपर्दैन । स्मार्टबोर्डमा आफूले अध्ययन गरिरहेको र जान्न मन लागेको विषय तत्कालै हेर्न सकिन्छ । जसबाट विद्यार्थीको पढाई सैद्धान्तिकमात्रै नभएर विषयवस्तुबारे व्यवहारिक र प्रयोगात्मक रुपमा स्पष्ट हुन समेत सहयोग पुग्ने उनले बताए ।

उनले भने ‘हरेक विद्यार्थीले यहाँ अनिवार्य रुपमा प्रिजेन्टेसन गर्नुपर्छ । यसले विद्यार्थीको लेखनसँगै, वाककला, सिप र भाषागत ज्ञान समेत बढ्न सक्छ । स्कुलले प्रयोगात्मक ज्ञानका लागि प्रिजेन्टेसनसँगै हाइड्रोपावर, रासायनिक क्षेत्रका साथै महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रको भ्रमण गराउने गरेको छ ।’

उनले यसका साथै विभिन्न ‘इन्टरनेशलन एक्सपोजर’ का माध्यमबाट विभिन्न देशको भ्रमण समेत गराउने गरिएको बताए । उनले जसबाट विद्यार्थीहरूलाई राष्ट्रिय क्षेत्रका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा भएको विकास, प्रविधिको प्रयोग, वैज्ञानिक क्षेत्रमा भएका नयाँ आविष्कार आदि क्षेत्रको जानकारी लिने अवसर हुने बताए । उनले ग्लोबल स्कुल अफ साइन्समा अध्ययन गरेका दर्जनौँ विद्यार्थी पूर्ण छात्रवृत्तिमा एमबिबिएस अध्ययन गरिरहेका छन् भने केही विद्यार्थी विदेशमा समेत पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएको बताए ।

विद्यार्थीको ध्यान यतिबेला विश्वका नविनतम् प्रविधितर्फ मोडिएको छ । यसलाई ध्यानमा राख्दै ग्लोबल स्कुल अफ साइन्सले विज्ञान संकायमा सैद्धान्तिक ज्ञान र प्रयोगात्मक अभ्याससँगै पाठ्यक्रमसँग सम्बन्धित गतिविधि (सीसीए) तथा अतिरिक्त क्रियाकलाप (ईसीए) मा समेत विशेष जोड दिँदै आएको कलेजले जनाएको छ ।
विद्यार्थीका लागि करिअर काउन्सिलिङ, प्रिजेन्टेसन, प्रोजेक्ट वर्क, रिसर्चजस्ता विषयमा केन्द्रित गर्ने गरेको कलेजले जनाएको छ ।

छात्रवृत्तिको व्यवस्था के छ ?
ग्लोबल स्कुल अफ साइन्समा कक्षा ११ मा ६५० जना र कक्षा १२ मा ६५० जना गरी १ हजार ३ सय विद्यार्थी क्षमता रहेको कलेजले जनाएको छ । यहाँ हाल ६७ वटा स्कुलबाट एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याएका विद्यार्थीले अध्ययन गरिरहेको कलेजले बताएको छ ।

यहाँ अध्ययन गर्नका लागि यति नै शुल्क लाग्छ भन्ने निश्चित नभएको र अभिभावकले तिर्नसक्नेभन्दा असाध्यै महँगो पनि नरहेको कलेज प्रोग्राम डाइरेक्टर गोकुलदेव बडुले बताए ।

कलेजले लिने लिखित र मौखिक परीक्षाबाट छनोट भएका २५ जना विद्यार्थीले कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति प्राप्त गर्ने, छात्रवृत्ति प्राप्त गर्न नसकेका विद्यार्थीलाई पनि उनीहरूको एसइईमा प्राप्त जिपिएका आधारमा शुल्क लाग्ने उनले बताए ।

त्यसैले जेहेन्दार विद्यार्थीका लागि ग्लोबल स्कुल अफ साइन्स एक उत्कृष्ट गन्तव्य बन्दै गएको उनले बताए ।

छात्रवृत्ति कसरी पाइन्छ ?
एसइईको परीक्षाफल प्रकाशित भएको पाँचौँ दिनमा छात्रवृत्तिका लागि इन्ट्रान्स/टप २५ मेरिट फुल स्कलरसिप परीक्षा सञ्चालन हुने कलेज प्रोग्राम डाइरेक्टर गोकुलदेव बडुले बताए ।

जुन परीक्षामा उत्कृष्ट २५ भित्र पर्नसक्ने विद्यार्थीले २ वर्ष यो कलेजमा पूर्ण छात्रवृत्ति प्राप्त गर्छ । उनका अनुसार यो परीक्षा ६० अंकको हुन्छ । डेढ घण्टाको यो परीक्षामा विद्यार्थीले क्यालकुलेटरजस्ता सामग्री प्रयोग गर्न पाउँदैनन् र भौतिक रुपमा उपस्थित भएर परीक्षा दिनुपर्छ ।

यो परीक्षामा लिखितमा न्यूनतम ४५ अर्थात् ७५ प्रतिशत अंक ल्याउनुपर्छ । उनीहरूको १० अंकको अन्तर्वार्ता हुन्छ । बाँकी रहेको ३० अंक विद्यार्थीको जीपीए अनुसार प्राप्त हुन्छ । जस्तो कुनै विद्यार्थीको ४ जीपीए छ भने उसले यो परीक्षामा पनि ३० अंक नै प्राप्त गर्छ । कसैको ३.९ जीपीए छ भने २६ अंक र ३.८ छ भने २४ अंक प्राप्त गर्छ । यसरी लिखित परीक्षा, अन्तर्वार्ता र जीपीएको अंक जोडेर टप २५ भित्र पर्ने विद्यार्थीले कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउँछन् ।

जुन परीक्षामा ४० प्रतिशतभन्दा बढी अंक ल्याउने विद्यार्थीले ग्लोबल कलेज अफ साइन्समा भर्नाका लागि योग्य हुने बताए । यी विद्यार्थीमा पनि जीपीए राम्रो भएका विद्यार्थीले केही मात्रामा छात्रवृत्ति पाउने बताए । जसले यहाँ अध्ययन गर्न चाहने विद्यार्थीलाई थप सहज हुने उनको भनाई छ ।

उनले भने ‘बिचमा कुनै कारणवश पूर्ण छात्रवृत्ति पाएको विद्यार्थीको पढाई कमजोर भयो भने पनि उसको छात्रवृत्ति कटौती हुने भन्ने हुँदैन । बरु छात्रवृत्ति नपाएका विद्यार्थीले पढाइमा राम्रो गरेमा उनीहरुले तिर्नुपर्ने शुल्क कम हुन्छ । यसले पनि कलेजप्रति आकर्षण बढेको छ ।’

उनका अनुसार इन्ट्रान्स परीक्षादेखि युनिट टेस्ट, अतिरिक्त क्रियाकलाप (ईसीए), खेलकुद लगायतका गतिविधि पनि वार्षिक क्यालेन्डरका आधारमा निश्चित गरिएका छन् । जसका कारण कलेजमा कुन समयमा के हुन्छ भन्ने अन्यौलता अभिभावक र विद्यार्थीमा हुँदैन । विद्यार्थीलाई विज्ञानको गहिरो अध्ययन गराएर बौद्धिक र सिर्जनशील विद्यार्थी उत्पादन गर्नु कलेजको उद्देश्य रहेको उनले बताए ।

विज्ञान कस्तो विषय हो ?

यो विज्ञानको युग हो । विज्ञानको परिभाषा रसायनशास्त्र, भौतिकशास्त्र वा जीव विज्ञानमा मात्रै सीमित छैन । अर्थशास्त्र, गणितदेखि समाजशास्त्र, राजनीतिशास्त्र जस्ता विषयलाई पनि विज्ञान मानिन्छ । तर विज्ञान संकाय भन्नेबित्तिकै हरेकको मनमा रसायनशास्त्र, भौतिकशास्त्र वा जीव विज्ञान आइहाल्छ । यो युग भनेको छनोटका बहुविकल्प भएको युग पनि हो । त्यसैले इच्छाअनुसारको विषय छनोट गर्ने र त्यसमा अब्बल हुने कोसिस हरेक विद्यार्थीले गर्नुपर्ने कलेज प्रोग्राम डाइरेक्टर बडुले बताए ।

उनले विज्ञान विषय पढ्ने इच्छाशक्ति भएका हरेक विद्यार्थीका लागि उपयुक्त विषय भएको बताए । उनले यो विषय पढेका विद्यार्थीले भविष्यमा जुनसुकै विषयमा उत्तिकै राम्रो गर्न सक्ने बताए । क्षमतावान् विद्यार्थीले कक्षा ११ र १२ मा विज्ञान विषय पढ्ने हो भने त्यसपछि अन्यत्र जाने प्रशस्तै ढोकाहरू खुल्ने बताए ।

प्लस टु साइन्सपछि इन्जिनियरिङ, मेडिकल साइन्स पढ्ने सोच भएका विद्यार्थीका लागि आधार तयार हुन्छ । विद्यार्थीले आफ्नो लक्ष्य निर्धारण गर्नुपर्छ । के पढेर कहाँ जाने भन्ने प्रष्ट भएर विषय छनोट गर्नु उपयुक्त हुन्छ । साथीभाइ वा अरूको करकापले नभई आफ्नो क्षमता र लक्ष्य निश्चित गरेर अघि बढ्ने विद्यार्थीका लागि विज्ञान उपयुक्त विषय बन्नसक्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *