दलहरूसँग सहकारीबारे लिखित सुझाव माग्ने छानबिन समितिको निर्णय

काठमाडौं । । सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी क्षेत्रमा देखिएका समस्या र समाधानका विषयमा राजनीतिक दलहरूसँग लिखित सुझाव माग्ने निर्णय गरेको छ ।

मंगलबार बसेको विशेष समितिको आठौँ बैठकले सहकारी छानबिनका लागि राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग लिखित सुझाव र समाधानका उपाय माग्न पत्राचार गर्ने निर्णय गरेको हो ।

विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले राजनीतिक दल पनि यस विषयमा जिम्मेवार हुनुपर्ने बताए । सहकारी आर्थिक क्षेत्र मात्रै नभएर तीन खम्बे अर्थतन्त्रको आधार भएको उनको भनाई छ ।

‘प्रतिनिधि सभाले हामीलाई प्रदान गरेको चार बुँदे कार्यादेशमा केन्द्रित रहेर यो क्षेत्रका समस्या समाधानका लागि राष्ट्रिय मान्यता प्राप्त दलहरूलाई यस क्षेत्रका समस्या र समाधानका उपायबारे लिखित रुपमा उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘राजनीति क्षेत्रबाट पनि हामीले सहयोगको अपेक्षा गरेका छौं । राजनीति क्षेत्र पनि जिम्मेवार हुनुपर्छ भन्ने हाम्रो धारणा छ, हामीलाई राजनीति दलले पनि सहयोग गर्नुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *