५ सय र हजारको नोटमा प्रतिबन्ध लगाउन काँग्रेस सांसद पन्तको माग

काठमाडौं । राष्ट्रिय सभामा नेपाली काँग्रेस सांसद कमला पन्तले ५ सय र हजारको नोटमा प्रतिबन्ध लगाउन माग गरेकी छन् ।

मङ्गलवार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमा विभिन्न मन्त्रालयको शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो माग गरेकी हुन् । उनले अर्थमन्त्रीले हिम्मत देखाएर भएपनि पाँच सय र हजारको नोट प्रतिबन्ध लगाउनुपर्ने बताइन् ।

उनले पञ्चशीलको सिद्धान्तलाई लागू गर्न पनि माग गरिन् । उनले कहिले कुन देशसँग नजिकिने र कहिले कुन देशसँग नजिकिने परिपाटी अन्त्य गर्न आग्रह गरिन ।

उनले भनिन्, ‘पञ्चशीलको सिद्धान्तलाई लागू गर्नुभएको छ । छ ? मानिन्छ ? कहिले कुनै देशमा नजिकिन गएको छ, दौडिएर गएको छ, कहिले कसैकोमा गएको छ । यसरी हामी सम्मानित नागरिक हुन सक्दैनौँ । हामी इजाजतदार नागरिक हुनुपर्छ । नेपालीले पूर्खाको पालादेखि इज्जत कमाएर बसेको मुलुक हो । त्यसैले गर्दा यो पञ्चशीलको सिद्धान्तलाई लागू गर्नुपर्छ । अर्थमन्त्रीज्यु सक्नुहुन्छ भने ५ सय हजारको नोट ब्याण्ड गर्नुस् ।’

सांसद पन्तले बुढीगण्डकी परियोजना तत्काल लागू गर्न माग गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *