पोखरा महानगरपालिकामा अख्तियारले हान्यो छापा
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ असार १८ गते
![पोखरा महानगरपालिकामा अख्तियारले हान्यो छापा](https://www.makalukhabar.com/wp-content/uploads/2020/10/pokhara-mahangar.jpg)
काठमाडौं । मणिपाल शिक्षण अस्पताललाई नियम विपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ ।
आयोगको टोलीले मंगलबार महानगर कार्यालयमा छापा हानेको जनप्रतिनिधिले जनाएका छन् ।
अख्तियारको टोलीले महानगर कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिएको छ ।
अख्तियारको टोलीले कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी अहिलेसम्म भएका निर्णय, राजस्व परामर्श समितिको निर्णय, नक्सा पासलगायतका मणिपाल शिक्षणसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको बताइएको छ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ असार १८ गते
प्रतिक्रिया
सम्बन्धित