प्रचण्ड र ओलीले गरे कांग्रेस मुख्यालयमा फोटो प्रदर्शनीको अवलोकन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोईरालाको १०० औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका छन् ।

मंगलवार काँग्रेसले पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजना गरेको स्व. कोईरालाको १०० औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा दाहाल र ओली पुगेका थिए ।

पूर्वसभापति कोईरालाको शताब्दी जन्म जयन्तीको अवसरमा काँग्रेसले फोटो प्रदर्शनी गरेको थियो । कार्यक्रममा एमालेका अध्यक्षसहित शिर्ष नेताहरू काँग्रेस पार्टी कार्यालय पुगेका थिए ।

शान्ति प्रक्रियाका शिखर पुरुष कोईरालाको शताब्दी जन्म जयन्तीको उपलक्ष्यमा आयोजित क्रान्तिदेखि शान्तिसम्म ऐतिहसिक फोटो प्रदर्शनीमा राखिएका तस्बिरहरु प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीले अवलोकन गरेका थिए ।

२०६२÷०६३ को जनआन्दोलन र वृहत शान्ति सम्झौतामा उल्लेख्य भुमिका खेलेका कोईरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो । कोईरालाको स्मरण गर्दै काँग्रेसले नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, काँग्रेस नेता कृष्णप्रसाद सिटौलासँग स्व. नेता कोईरालाको योगदानबारे चर्चा गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *