शरणार्थी प्रकरण : बादलका छोरा प्रतीकलाई थुनामा पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतकी न्यायाधीश शकुन्तला कार्कीको इजलासले थापालाई थुनामा पठाउन आदेश दिएको हो ।

प्रतिक पूर्व गृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा हुन् ।

प्रतीकलाई सीआईबीको टोलीले असार १४ गते बौद्धबाट पक्राउ गरेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *