गृहमन्त्री लामिछानेको रिट हेर्दाहेर्दैमा

काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग राख्दै हालिएको रिटमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।

असार ७ गते पनि ‘हेर्दाहेर्दै’मा परेको रिटमा मंगलबार आज पेशी तोकिएको थियो । तर, आज पनि बहस नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो ।

सहकारी ठगीमा नाम जोडिएका गृहमन्त्री लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयले पत्र दिँदै कतै पनि उजुरी र अभियोजन नरहेको बताएपछि अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए ।

सहकारी संस्थाको बचत अपचलनका आरोपित गृहमन्त्री लामिछानेले नेपाल प्रहरी र महान्यायाधिवक्ता कार्यालयबाट ‘क्लिन चिट’ लिँदै अनुसन्धान प्रभावित बनाएको दाबी रिटमा गरिएको छ । भट्टराईले लामिछानेको निलम्बनका निम्ति प्रधानमन्त्रीका नाममा आदेश माग गरेका छन् ।

गत जेठ २८ गते सर्वोच्चले बुटवलस्थित सुप्रिम सहकारीका प्रतिवादीको सूची र लामिछानेलाई विपक्षी नबनाउनुको कारण माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *