धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा २७ जनाको मृत्यु
मकालु खबर
२०८१ असार १८ गते
काठमाडौं । उत्तर प्रदेशको हाथरसमा मङ्गलबार एक धार्मिक कार्यक्रममा २५ महिला र दुई पुरुषसहित २७ जनाको मृत्यु भएको छ ।
घटनाको मुख्य कारण धार्मिक कार्यक्रममा भागदौड हुनु हो ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःखद घटनाप्रति समवेदना प्रकट गर्दै घटनास्थलमा राहत कार्यलाई तीव्रता दिन जिल्ला प्रशासनलाई तत्काल निर्देशन दिएका छन् ।
उनले घाइतेलाई तत्काल अस्पताल पु¥याउन र उचित उपचारको व्यवस्था गर्न अधिकारीहरूलाई निर्देशन दिए ।
जिल्ला प्रशासनका अधिकारीहरूलाई ढिलो नगरी घटनास्थलमा पुग्न र राहत र उद्धार कार्यलाई तीव्रता दिनसमेत उनले निर्देशन दिए ।
मकालु खबर
२०८१ असार १८ गते
प्रतिक्रिया
सम्बन्धित