ओलीको ब्रिफिङ– प्रचण्डले भित्रभित्रै कांग्रेससँग छलफल गरिरहेका थिए

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनलाई धोका दिन खोजेपछि काँग्रेससँग मिलेको बताएको छ ।

आज बसेको केन्द्रीय सचिवालय बैठकमा ओलीले प्रचण्डले भित्रभित्रै काँग्रेससँग छलफल गरिरहेको बताएका थिए ।

महासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री नै धोकाको राजनीतिमा लागेपछि एमालेले पनि विकल्प खोजेको बताए ।

‘हामीलाई केही जानकारी नदिई प्रचण्ड जी, काँग्रेससँग छलफल गरिरहेका रहेछन्,’ उनले भने, ‘त्यो कुरा हामीले कांग्रेसबाट थाहा पायौँ । त्यसपछि यो निर्णयमा पुग्यौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *