हाथरस घटना

बाबा’को खुट्टाको धुलो लिनको लागि भागदौड, मृत्यु हुनेको संख्या १२२ पुग्यो 

काठमाडौं । नेपालको सीमावर्ती भारतीय राज्यमा एक धार्मिक भेलामा भागदौड हुँदा मारिनेको संख्या १२२ पुगेको छ । उत्तर प्रदेशको हाथरस जिल्लामा आयोजित हिन्दूहरूको एक सत्सङ्ग कार्यक्रममा भागदौड मच्चिएको हो ।

मृतकमध्ये अधिकांश महिला र बालबालिका छन् । कैयौँ मानिसहरूको अस्पतालमा उपचार भइरहेको र मृतकको संख्या अझै बढ्न सक्ने आकलन अधिकारीहरूको छ । त्यहाँ नारायण साकारको सत्संग थियो । बीबीसीकाअनुसार कथावाचकको प्रवचन सुन्न हजारौँजना भेला भएको ठाउँमा भागदौड भएको थियो ।

प्रत्यक्षदर्शी तथा भक्तजनका अनुसार सत्संग सकिएपछि यहाँ आएका भक्तजनहरूबीच बाबाको खुट्टाको धुलो लिन प्रतिस्पर्धा भएको थियो र त्यही कारण भागदौड मच्चिँदा उक्त दुर्घटना भएको हो ।

नारायण साकार उत्तर प्रदेश प्रहरीका पूर्व कर्मचारी हुन् र उनको नाम सुरज पाल हो । उनले स्थानीय गुप्तचर एकाइमा १८ वर्ष काम गरे र सन् १९९० मा स्वैच्छिक अवकाश लिए । एटामा तैनाथ भएका बेला स्वैच्छिक अवकाश लिँदै नारायण साकार हरि उर्फ ‘भोले बाबा’का रूपमा काम गर्न थालेका हुन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको छानबिन गर्न आदेश दिएका छन् । पीटीआई समाचारसंस्थाले सार्वजनिक गरेको एउटा भिडिओमा घाइतेहरूलाई अस्पताल लैजाँदै गरेको देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *