कुमारी क्यापिटल सैदी पावर कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त

काठमाडौँ । सैदी पावर कम्पनी लिमिटेडले प्रति शेयर १०० रुपैयाँ अंकित दरको १,७०,०४९ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू तथा सर्वसाधारणहरूमा निष्कासन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौता—पत्रमा सैदी पावर कम्पनी लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष कुशल थापा तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

सैदी पावर कम्पनी लिमिटेडले कास्की जिल्लामा अवस्थित सैती खोलाको पानी सदुपयोग गरि ९९९ किलोवाट क्षमताको लघुजलविद्युत आयोजना निर्माण गरी २०७९ साल बाट व्यावसायिक विद्युत उत्पादन गरी आयोजना सञ्चालनमा रहेको जनाएको छ ।

यस आयोजनाबाट उत्पादित विद्युत शक्ति हेम्जा बास्कोट सवस्टेशनमा जडान गरि बिक्री कार्य भईरहेको छ । आगामी दिनमा यस कम्पनीले अन्य आयोजनामा समेत लगानी गरी अगाडी बढ्ने योजना रहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *