ओलम्पिक खेल्ने टोलीमा परेनन् मेसी

काठमाण्डौ । अर्जेन्टिनी फुटबल टिममा स्टार खेलाडी लियोनल मेसी पेरिस ओलम्पिक खेल्ने टोलीमा पर्न असफल भएका छन् ।

यही जुलाईको अन्तिमदेखि फ्रान्समा शुरु हुने पेरिस ओलम्पिकमा मेसी परेका छैनन् ।

मुख्य प्रशिक्षक जेभिएर माशेरानो घोषणा गरेको टोलीमा विश्वकप विजेता टिमका चार जना खेलाडी छन् । जसमा स्ट्राइकर जुलियन अल्भारेज र निकोलस ओटामेन्डी समावेश छन् ।

अहिले कोपा अमेरिका फुटबल खेलिरहेका ३७ वर्षीय मेसी चोटबाट सङ्घर्ष गरिरहेका छन् । मेसीले सन् २००८ मा चीनमा भएको बेइजिङ ओलम्पिकमा स्वर्ण जितेका थिए ।

ओलम्पिकमा २३ वर्षमुनिको राष्ट्रिय टिमले खेल्छन् तर प्रत्येक टिममा २३ वर्षभन्दा माथिका चार जना खेलाडी राख्न पाइन्छ । ओलम्पिक पुरुष फुटबलमा अर्जेन्टिना समूह ‘बी’ मा छ । यो समूहमा अर्जेन्टिनासँगै मोरक्को, इराक र युक्रेन छन् ।

ओलम्पिक फुटबल प्रतियोगिताअघि अर्जेन्टिनाले फ्रान्ससँग मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ । पेरिस ओलम्पिक यही जुलाई २६ देखि अगस्ट ११ सम्म हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *