प्रचण्ड अल्पमतमा परेपछि निजी निवास खुमलटारमा सरसफाई

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेसँगै उनको निजी निवास खुमलटारमा सरसफाई थालिएको छ। उनको निजी निवास सरसफाइका लागि कर्मचारी खटाइएको प्रचण्डका सचिवालयका एक सदस्यले बताए।

कांग्रेस एमालेको सहमती नटुटे प्रचण्डले सरकारी निवास बालुवाटार छाड्न पर्ने निश्चित भएको छ। उनले एक महिनापछि संविधान अनुसार विश्वासको मत लिनु पर्ने र विश्वासको मत नपाए वा त्यसअघि नै सरकार छाडे धारा २ अनुसार ओली वा ३ अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन्।

कांग्रेस एमालेले भने धारा ६८ को उपधारा २ अनुसार नै ओली प्रधानमन्त्री बन्ने सहमती गरेका छन्।तर प्रचण्डले विश्वासको मत नपाए उपधारा ३ अनुसार देउवा प्रधानमन्त्री नियुक्त हुने दाबी पनि कानुनविदले गरेका छन्।

प्रचण्ड समिकरण फेर्दै १८ महिना सरकारी निवास बालुवाटार बसेका छन्।

सरकारमा सहभागी एमाले मन्त्रीहरूले आजै राजीनामा दिने तयारी गरेका छन्। यससँगै प्रचण्ड अल्पमतमा पर्नेछन्। एक महिना झुलाउने तयारीमा रहेका प्रचण्डलाई हटाउने विकल्पमा छलफल थालेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *