एमालेका मन्त्रीहरु राजीनामा बुझाउन बालुवाटारतर्फ, प्रधानमन्त्रीले साढे ८ बजे बोलाए

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जम्मा भएका मन्त्रीहरु बालुवाटारतर्फ लागेका छन्। एमालेबाट मन्त्री बनेका ८ जनालाई राजीनामा बुझाउनु अघि अध्यक्ष ओलीले आफ्नो निवासमा बोलाएका थिए।

ओलीसँगको भेटपछि उनीहरु बालुवाटारतर्फ लागेका छन्। प्रधानमन्त्रीले उनीहरुलाई साढे ८ बजे भेट गर्ने समय दिएको एक मन्त्रीले बताए। उनीहरुले सामुहिक राजीनामा दिने तयारी गरेका छन्।

यससँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा पर्ने छन्। कांग्रेस एमालेले ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमती गरिसकेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *