एमालेका ८ मन्त्रीले बुझाए राजीनामा, प्रचण्ड सरकार अल्पमतमा

नेकपा एमालेबाट मन्त्री बनेका ८ जनाले सामुहिक राजीनामा दिएका छन्।

आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कांग्रेससहितको सरकार बन्ने भएपछि उनीहरुले प्रचण्ड सरकार छाडेका हुन्।

एमालेबाट नेतृत्व गरेर सरकारमा सहभागी भएका उपप्रधान एवम् भौतिक पुर्वाधार मन्त्री रघुविर महासेठसहितले राजीनामा दिएसँगै प्रचण्ड सरकार अल्पमतमा परेको छ।

एमाले मन्त्रीहरुको तर्फबाट उपप्रधानमन्त्री महासेठले सामुहिक राजीनामा बुझाएका थिए। राजीनामा दिएपछि उनीहरुले प्रचण्डसँग सामुहिक तस्बिर खिचाएका छन्।

प्रचण्डलाई राजीनामा बुझाउनु पहिले उनीहरु ओली निवास बालकोटमा भेला भएका थिए।

एमालेले बुधबार नै राजीनामा दिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *