मैले बोल्दिनँ भन्दा बोल कि बोल भनियो, मलाई ह्यारेसमेन्ट भयो : महामन्त्री ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा मुकुल ढकालले आफूमाथि पार्टीबाट ह्यारेसमेन्ट भएको बताएका छन्। पार्टी कार्यालयमा बुधबार बसेको केन्द्रीय समिति बैठकबाट बाहिर निस्केर ढकालले यस्तो प्रतिक्रिया दिएका हुन्।

‘उहाँहरूले मलाई ह्यारेसमेन्ट गर्नुभयो । दुईजना उपसभापतिले आजदेखि महामन्त्री मान्दैनौँ भन्नुभयो । मैले बोल्दिनँ भन्दा बोल कि बोल भनियो । एउटा राजनीतिक प्राणीको रूपमा मैले विरोध जनाएको हो । बोल कि बोल भन्न पाइँदैन’, उनले भने।

गोरखा मिडियाबाट भएको सहकारी ठगीमा जीबी राई मात्रै दोषी हो भन्नेले पार्टीमा महामन्त्रीको मात्र गल्ती देखाएको उनको गुनासो छ ।

‘महामन्त्रीलाई सबै दोष थोपर्न खोजिँदै छ । उहाँ गोर्खा मिडिया नेटवर्कमा महामन्त्री जस्तै पोजिसनमा हुनुहुन्थ्यो । त्यहाँ चाहिँ अध्यक्ष जीबी राईको सबै गल्ती भन्नुहुन्छ । पार्टी चाहिँ महामन्त्रीको सबै गल्ती देखाउनुहुन्छ । उहाँ जुन पदमा हुनुहुन्छ, त्यो पदले कहिले पनि गल्ती गर्दैन भनेजस्तो भयो’, उनले भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *