राजीनामा दिएका एमालेका मन्त्रीहरुलाई फत्तेमानको गीत सुनाएर पठाए प्रचण्डले

राजीनामा दिन गएका नेकपा एमालेका मन्त्रीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गीत सुनाएर पठाएका छन्।

बुधबार बेलुकी साढे ८ बजे एमालेका ८ मन्त्री सामुहिक राजीनामा बुझाउन पुगेका थिए।

उपप्रधानमन्त्री रघुवीर महासेठसहित मन्त्रीहरुको राजीनामा पत्र बुझ्दै प्रचण्डले उनीहरुलाई फत्तेमान राजभण्डारीको गीत सुनाएको एक मन्त्रीले बताए।

उनीहरुलाई एउटा कुरा सुनाउँछु भन्दै उनले फत्तेमानको गीत गाए।

यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भुल गरे मैले’

प्रचण्डले यो राजीनामा भोलि स्वीकृत गर्ने बताएका छन्।

नेकपा एमालेबाट मन्त्री बनेका ८ जनाले सामुहिक राजीनामा दिएसँगै प्रचण्ड सरकार अल्पमतमा परेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *