मुकुललाई महामन्त्रीबाट बर्खास्त गर्ने रास्वपाको तयारी

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना महामन्त्री डा मुकुल ढकाललाई महामन्त्री पदबाट बर्खास्त गर्ने निश्चित भएको छ। पार्टी अनुशासनभन्दा बाहिर रहेर बोलेको भन्दै रास्वपाले महामन्त्री ढकाललाई बर्खास्त गर्न लागेको एक पदाधिकारीले बताए ।

रास्वपाका प्रवक्तासमेत रहेका डा। ढकाल बुधबार दिनभरि केन्द्रीय समिति बैठकमै मुखमा टेप टाँसेर बसेका थिए । महामन्त्री डा. ढकालले ३८ जिल्ला घुमेर तयार पारेको ३२ पाने समीक्षा प्रतिवेदनको कारण विवाद भएपछि बुधबारको बैठकमा मुखमा टेप टाँसेर बसेका थिए । इलामको उपचुनावमा नराम्रो धक्का व्यहोरेपछि रास्वपाले समीक्षा प्रतिवेदन तयार पार्न महामन्त्री ढकाललाई खटाएको थियो ।

१२ असारमा पार्टी सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाएका थिए । अहिलेकै जस्तो अवस्था रहेमा आगामी चुनावमा रास्वपालाई साख जोगाउनै मुश्किल हुने प्रतिवेदनमा औंल्याएका छन्। उनको प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको हो।

बुधबार यही समिक्षा प्रतिवेदनमाथि छलफल हुने मुख्य कार्यसूची थियो । बैठकमा महामन्त्री ढकालले आफूले समीक्षा प्रतिवेदन पेश गर्दा लाइभ (प्रत्यक्ष प्रशारण) गर्नुपर्ने माग राखे ।

तर बुधबार सभापति रवि लामिछानेले प्रत्यक्ष प्रसारण हुन नसक्ने जानकारी गराए । महामन्त्री ढकाल भने त्यसको विरोधमा उत्रिए । ढकालले बैठकमै मुखमा कालोपट्टी लगाएर विरोध जनाए

लामिछाने नागरिकता, पासपोर्ट, सहकारी ठगी जस्ता प्रकरणमा मुछिएको सार्वजनिक हुँदै गएपछि वैकल्पिक राजनीतिको नारा दिएर उठाएको रास्वपालाई गम्भीर असर परेको ढकालको प्रतिवेदनमै उल्लेख छ। लामिछानेको वेप्रवाह बोली पनि पार्टीका लागि घातक बनेको ढकालले औंल्याएका छन्।बैठकको विचमा महामन्त्री डा। ढकाल आफूमाथि अभद्र व्यवहार भएको भन्दै केन्द्रीय कार्यालयबाट बाहिरिएका थिए । उनले बाहिरिने क्रममा सभापति लामिछानेको तिव्र बिरोध समेत गरे ।

पार्टी सुधारका लागि पहल गर्दा समस्या सिर्जना गरिएको ढकालको भनाइ छ ।

‘पार्टी महामन्त्रीलाई सबै दोष थुपार्दै गर्दाखेरि सभापतिको नैतिक उत्तर के हुन्छ ?,’ ढकालले भने, ‘गोर्खा मिडिया नेटवर्कमा महामन्त्रीको पोजिसनमा हुनुहुन्थ्यो (प्रबन्ध निर्देशक रवि लामिछाने) त्यहाँ चाहिँ सभापति अर्थात् अध्यक्ष जिबी राई गल्ती रु निर्णय सबै थाहा हुन्छ र पार्टी सभापति हुनुहुन्छ अनि महामन्त्रीको गल्ती रु उहाँ जुन पदमा हुनुहुन्छ त्यो पदले कहिले गल्ती गर्दैन भन्ने हुन्छ ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *