प्रचण्डको साथ छोड्दै रास्वपा, मन्त्रीले राजीनामा दिने

काठमाडौं । प्रचण्ड सरकारमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरूले राजीनामा दिँदैछन् । मन्त्रीहरूले अहिले केहीबेरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर मन्त्रीहरूले राजीनामा बुझाउने भएका हुन् ।

प्रचण्ड सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नेतृत्वमा ४ जना मन्त्री सहभागी छन् । बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरू सामूहिक राजीनामा बुझाएका थिए । नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ ।

प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएपछि रास्वपाका मन्त्रीहरूले पनि सरकार छाड्न लागेका हुन् । सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *