गृहमन्त्रीको निलम्बन मागिएको रिटमा आज जवाफी बहस

काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गर्दै दायर रिटमा आज पनि सुनुवाइ हुने भएको छ । रिटमा जवाफी बहस मात्र हुनेछ । मंगलबार रिटकर्ता अधिवक्ता अनुपम भट्टराई र सहकारी पीडितका तर्फबाट जवाफी बहस भएको थियो ।

अब केही अधिवक्ताले जवाफी बहस गरेपछि लामिछानेको सहकारी ठगी प्रकरणमा आदेश हुनेछ । सहकारी ठगीमा नाम जोडिएका गृहमन्त्री लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयले उजुरी र अभियोजन नरहेको भन्दै पत्र दिएको थियो । कास्कीमा सूर्यदर्शन सहकारीका पीडितले लामिछानेविरुद्ध किटानी जाहेरी दिए पनि महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई ‘क्लिन चिट’ दिएपछि अधिवक्ता भट्टराईले रिट दायर गरेका थिए ।

कास्कीबाट लामिछानेविरुद्धको उजुरी र बुटवलको सुप्रिम सहकारीको अभियोजनको मिसिल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । यही असार ७ गते सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा परेको रिट त्यसयता ‘हेर्दाहेर्दै’ मा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *