रास्वपा मन्त्रीहरू पुगे बालुवाटार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । उनीहरु प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामुहिक राजीनामा बुझाउन बालुवाटार पुगेका हुन् ।

प्रचण्ड सरकारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नेतृत्वमा रास्वपाका ४ जना मन्त्री छन् । मन्त्रीहरुसँगै उपसभापति डा. स्वर्णिम वाग्ले र सचेतक सन्तोष परियार पनि सहभागि छन् । रास्वपाले राजीनामा अघि प्रधानमन्त्रीसँग परामर्श गर्ने भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *