राजीनामा दिन तम्तयार रास्वपा मन्त्रीलाई प्रचण्डले के भने ? जसकारण ब्याक भए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू बालुवाटारबाट फर्किएका छन् । राजीनामा बुझाउने भन्दै बिहान ८ बजे प्रधानमन्त्री कार्यालय पुगेका रास्वपाका मन्त्रीहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि राजीनामा नदिई फर्किएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आफूले संसदबाट विश्वासको मत लिने र सहयोग गर्न भनेपछि राजीनामा नदिने भएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । ‘राजीनामा बुझाउन गएका थियौं । सम्माननीय प्रधानमन्त्रीले छलफल गर्नुपर्‍यो भन्नुभयो । कुरा गर्यौं,’ उनले भने, ‘आफ्नो संवैधानिक अधिकारको प्रयोग गर्छु, संसद्लाई फेस गर्छु भन्नुभयो । ठिकै छ भनेर हामी फर्कियौं ।’

रास्वपाले प्रधानमन्त्रीलाई छिटो विश्वास मत लिन आग्रह गरेको छ । ‘हामी अर्को गठबन्धन र सरकारमा जाँदैनौं, हामीले प्रधानमन्त्रीलाई जतिसक्दो छिटो संसदलाई फेस गर्नुहोला भनेका छौं,’ उनले भने, ‘अर्को गठबन्धन विश्वास गर्न लायक छैन । विश्वास मत लिने बेलासम्म हामी तपाईंलाई साथ दिन्छौं भनेका छौं ।’

यसअघि बुधबार साँझ प्रधानमन्त्रीलाई भेटेर नेकपा (एमाले) का मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएका थिए । एमालेले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन पनि फिर्ता लिएको छ। दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *