प्रचण्डमाथि लगातार खनिए बाबुराम- कुर्सीलाई माया गर्नु एउटा भूल गरेँ मैले…

काठमाडौं । प्रचण्ड सरकार संकटमा परेका बेला डा. बाबुराम भट्टराई उनीमाथि लगातार खनिएका छन् । पुराना सहकर्मी पूर्व प्रधानमन्त्री डा. भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लगातार शब्दवाण प्रहार गरिरहेका हुन् ।

बुधबार साँझ बालुवाटारमा राजीनामा बुझाउन पुगेका एमालेका मन्त्रीहरूसँग प्रधानमन्त्री प्रचण्डले फत्तेमानको चर्चित गीत‘‘कसैलाई माया गर्नु एउटा भूल गरें मैले..’ भनेका थिए । सोही गुनासोसम्बन्धी एउटा समचार सेयर गर्दै बाबुरामले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘कसैलाई माया गर्नु हैन, कुर्सीलाई माया गर्नु एउटा भूल गरेँ मैले भन्नु बढी तथ्यपरक होला !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *