सुन मूल्यले राख्यो नयाँ रेकर्ड, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा एक हजार छ सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला एक लाख ४२ हजार सात सयमा कारोबार भएकोमा आजका लागि भने एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ ।

यसैगरी, तेजाबी सुन बुधबार प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएकामा सोही परिमाणको तेजाबी सुन आजका लागि एक लाख ४३ हजार छ सय तोकिएको छ ।

यसैगरी, चाँदीको मूल्य तोलामा ४० ले बढेको छ । बुधबार प्रतितोला एक हजार आठ सय २५ मा कारोबार भएको चाँदीको मोल आजका लागि भने एक हजार आठ सय ६५ निर्धारण भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *