क्लासिक टेकको रिचार्जमा ‘बर्साद’ अफर : रु ५ मा Wi-Fi 6 राउटरसँगै ५ महिना बोनस

काठमाडौँ । क्लासिक टेकले रिचार्जमा बर्साद अफर सार्वजनिक गरेको छ । यस अफरमा ग्राहकहरूले इन्टरनेट टिभी को वार्षिक रिचार्ज गर्दा ५ महिना सम्म बोनस, ५० प्रतिशतसम्म छुट र Wi-Fi 6 भएको डुयल ब्यान्ड ५ गिगाहर्ज राउटर मात्र रू ५ मा नै पाउने छन् ।

उक्त अफर असार २० गते सम्म मात्र मान्य हुने रहने कम्पनीले जनाएको छ । ग्राहकले क्लासिक टेक मोबाइल एप्स अथवा नजिकैको ब्रान्चमा गएर अफरको सुविधा लिन सकिने कम्पनीले बताएको छ ।

साथै वाल्लेट पार्टनर सेलपे मार्फत रिचार्ज गर्दा १ जना ग्राहकले रोयल इन्डफिल्ड क्लासिक ३५० सीसीको बुलेट बाइक जित्न सक्ने छन्।
हरेक महिना आइप्याड, र एपल वाच समेत जित्न सक्ने छन् ।

यसै गरि नयाँ ग्राहकहरूका लागि २०० एमबिपीयस हाइ स्पीड इन्टरनेट जडान रू ६१९ मा आइपी टिभी र Wi-Fi 6 भएको डुयल ब्यान्ड ५ गिगाहर्ज राउटर समावेश गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *