हुन्डाईको कोना किन्न अब 0 % ब्याजदरमा

काठमाडौँ । नेपालकोलागि हुन्डाईगाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय गाडी कोना को खरिदमा ० प्रतिशत ब्याजदर योजना सार्वजनिक गरेको छ । हुन्डाईले KONA मा “Zero Emission, Zero Interest” योजना ग्राहक माझ सार्वजनिक गरेको हो ।

दिगोपन र पर्यावरण–मैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता थप मजबुत गर्न यस योजना अन्तर्गत इच्छुक ग्राहकहरूले ० प्रतिशत ब्याजदरमा पाँच वर्ष को लागि ५० प्रतिशत डाउनपेमेन्ट गरी हुन्डाई कोना खरिद गर्न सक्नेछन् ।

कम्पनीले आफ्नो उत्कृष्ट डिजाइन, पर्फोरमंस र विश्वसनीयताका साथ, हुन्डाईले प्रतिस्पर्धी विद्युतीय सवारीको बजारमा छुट्टै
पहिचान बनाउन सफल भएको बताएको छ । हुन्डाई KONA २ वटा भेरियन्टमा उपलब्ध छ । कोना GL को मूल्य ५९,९६,००० र GLS भेरियन्टको मूल्य रु ६४,९६,००० रहेको छ ।

हुन्डाई कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री रहेको छ, जसका कारण यसमा हाइ इनर्जी डेन्सीटी रहन गई रेन्जसमेत बढ्ने कम्पनीले जनाएको छ । कोना इलेक्ट्रीकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने छ ।

हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ । यसलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्नेछ ।

नेपालमा हुन्डाईका गाडी लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री वितरण गर्दै आइरहेको छ । विद्युतीय गाडीलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको कम्पनीले विभिन्न चरणमा आयोजना गरेको High Voltage Battery Check-up camp मा ५०० भन्दा बढी विद्युतीय सवारीसाधन मा परीक्षणको नतिजा अनुसार ५ वर्ष सम्म चलाइएका कोनाका ब्याट्रीको शक्ति ( SOC) ९८ प्रतिशत भन्दा बढी पाइएको कम्पनीले जनाएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १६ शोरुम तथा १९ सर्भिस सेन्टरहरू मार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ । साथै ईभी चार्जिङ गर्नका लागि ४४ं भन्दा बढी स्थानहरूमा चार्जिङ पोइन्ट स्थापना गरी सेवा दिँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *