चोर समात्न बाँके प्रहरीले चलायो गोली

काठमाडौं । डाँका चोरी मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गर्न बाँके प्रहरीले ३ राउण्ड गोली चलाएको छ ।

प्रहरीले आज बिहीबार डाँका चोरी मुद्दाका फरार प्रतिवादी सरमान सिंह सरदारलाई पक्राउ गर्न गोली चलाएको हो ।

बाँकेका डिएसपी नारायण डाँगीले आज बिहान साढे ८ बजेतिर सरदार भाग्न खोजेपछि गोली चलाउनु परेको बताए । गोली चलाउनुको मुख्य कारण स्थानीयवासीको अवरोध रहेको उनले बताए ।

प्रहरीले चलाएको गोली एक स्थानीयको खुट्टामा लागेको छ । प्रतिवादी सरमानको घुँडामा पनि एक राउण्ड गोली लागेको बताइएको छ । सो क्रममा एक प्रहरी समेत घाइते भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *