निर्वाचन आयुक्तमा सिफारिस प्रधानको संसदीय सुनुवाई स्थगित

काठमाडौं । निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको संसदीय सुनुवाई स्थगित गरिएको छ ।

बिहीवार सिंहदरबारमा संसदीय सुनुवाई समितिको बैठक बसेपनि उजुरीकर्ताहरुको कुरा सुनेसँगै अनिश्चित कालका लागि संसदीय सुनुवाई स्थगित गरिएको हो ।

बैठकबारे जानकारी गराउँदै समितिका ज्येष्ठ सदस्य सभापति पशुपति समशेर जबराले आजको बैठकमा उजुरीकर्ताहरुसँग सोधपुछ भएको र उजुरीकर्ताले आफ्ना धारणा राख्ने काम भएको बताउनु भयो ।

उनले उजुरीकर्ताहरुले राखेकोे धारणामा विचार विमर्श गर्न थप समय चाहिने भएकाले अनिश्चितकालका लागि सुनुवाई स्थगित गरेको बताए । उनले समितिले नाम अनुमोदन मात्रै गर्ने भएपनि अनुमोदनका लागि समेत समय चाहिएकाले समय थप गर्ने निर्णय भएको बताए ।

उनले भने– ‘सोधपुछ भयो, उहाँहरुले आएर आफ्ना कुरा राख्नुभयो । जिज्ञासाहरु धेरै थिए । धेरै कुरा राख्नुभयो । अहिलेका लागि यि सबै कुराको विचार विमर्श गर्न थप समय चाहिएको हुनाले अहिले कुन दिन भनेर नतोकि यो कुरालाई अहिलेको लागि स्थगित गरेका छौँ । उजुरीकर्ताहरुले आफूले बोलेको कुरा सार्वजनिक नगर्ने आधारमा कुरा गर्नुभएको थियो । कुराहरु महत्वपूर्ण छन् । निर्वाचन आयोग जस्तो संवैधानिक पद अत्यन्त डिग्निफाइट पद हो । हामीले अनुमोदन मात्रै गर्ने हो, अनुमोदन गर्न पनि थप समय लिने र थप विचार विमर्श गर्ने भनेका छौँ । थप समय लिने भन्ने निर्णय समितिले गरेको छ ।’

सभापति जबराले उजुरीकर्तासँग छलफल गरेपछि उजुरीका विषयमा थप अध्ययन गर्नुपर्ने आवश्यकता समितिले औंल्याएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *