मन्त्री बुढाको दाबी- सांसदहरूको माग सम्बोधन हुनेगरी मन्त्रालयगत बजेट विनियोजन गरेको छु

काठमाडौँ । सहरी विकास मन्त्री धनबहादुर बुढाले आफूले सांसदहरूको माग सम्बोधन हुने गरी मन्त्रालयगत बजेट विनियोजन गरेको बताएका छन् ।

बिहीबार राष्ट्रिय सभा बैठकमा सांसदहरूले मन्त्रालयगत बजेटमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो दाबी गरेका हुन् । मन्त्री बुढाले बजेट विनियोजनमा क्षेत्रीय सन्तुलन, मानव विकास सूचकाङ्क, सहरी विकास रणनीति, सरकारको नीति तथा कार्यक्रम र १६ आँै पञ्चवर्षीय योजनाले दिशा निर्देश गरेको विषयहरूलाई आधार बनाइएको पनि बताए । उनले जनता आवास कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी प्रदेश सरकारलाई दिइएको बताए ।

मन्त्री बुढाले भने ‘जनता आवास कार्यक्रमको जिम्मेवारी प्रदेश सरकारलाई दिइएको छ । माननीयज्युहरुले माग गर्नुभएको कार्यक्रम सम्बोधन गर्ने प्रयास गरेको छु । बजेट विनियोजनमा क्षेत्रीय सन्तुलनको अतिरिक्त मानव विकास सूचकाङ्क, सहरी विकास रणनीति, सरकारको नीति तथा कार्यक्रम र १६ औ पञ्चवर्षीय योजनाले दिशा निर्देश गरेको विषयहरूलाई आधार बनाइएको छ ।’

मन्त्री बुढाले मन्त्री निवास, संघीय संसद भवन निर्माणलगायतका ठूलो परियोजनाहरू रहेकाले बागमती प्रदेशमा अन्य प्रदेशमा भन्दा बढी बजेट विनियोजन गरिएको देखिएको स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *