चिरीबाबु महर्जनलाई अख्तियारले काट्यो दुई पत्र

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वटा पत्र काटेको छ ।

मेयर महर्जनलाई बयानका लागि भन्दै दुई पत्र पठाएको हो । बुधवार बाढी पीडितलाई रकम वितरण गरेको विषयमा र आज बिहीबार प्रेस संयोजक नियुक्तिका विषयमा बयानका लागि भन्दै दुई पत्र पठाएको हो ।

अख्तियारले महर्जनलाई २०७७ सालमा बाढी पीडितलाई १ लाख ५० हजार र २ लाख ५० हजार बाँडेको विषयमा बयानका लागि बुधवार पत्र पठाएको थियो । उनलाई असार २६ गते सक्कल नागरिकता र पासपोर्ट साइजको फोटो सहित बयान दिन महाशाखा नम्बर ३ मा उपस्थिति हुन भनिएको छ ।

यस्तै, प्रेस संयोजक नियुक्तिका विषयमा अख्तियारका कर्मचारीले मेयर महर्जनको कार्यकक्षमै पुगेर पत्र बुझाएका छन् ।

हिजो मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.सुमित्रा अमात्यको घरमा मेयर महर्जनले डोजर चलाएका थिए । मन्दिरको जग्गा मिचेको भन्दै उनको घरको पर्खाल भत्काइएको थियो ।

त्यसकै रिसिइबी साँध्न अख्तियारले आफूलाई अनावश्यक पत्र पठाएको मेयर महर्जनले आरोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *