सिद्धार्थ बैंकका ग्राहकहरूलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १० % सम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र हेयर एण्ड शान्ति ब्यूटी पार्लर प्रा. लि. (काठमाडौँ, कमलादी) बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरूले हेयर एण्ड शान्ति ब्यूटी पार्लर प्रा.लि. अन्तर्गत देशभर रहेका तेह्र हेयर एण्ड शान्ति ब्यूटी पार्लरका शाखाहरूमा बैंक कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास लिएको बैङ्कले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *