लुम्बिनी सरकार पनि अल्पमतमा : एमालेका पाँच मन्त्रीले दिए राजीनामा, समर्थन पनि फिर्ता

लुम्बिनी प्रदेश सरकारमा रहेका नेकपा एमालेका पाँच जना मन्त्रीले सामूहिक रुपमा राजीनामा दिएका छन् ।

मुख्यमन्त्री जोखबहादुर महरालाई आज बेलुका मुख्यमन्त्रीको सरकारी निवासमै भेटेर मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् ।

मन्त्रीहरु चेतनारायण आचार्य, भूमिश्वर ढकाल, दिनेश पन्थी, रत्न खत्री र अर्जुन केसीले राजीनामा दिएका हुन् ।

आजै एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। यसको जानकारी प्रदेश प्रमुख र सभामुखको सचिवालयमा गराइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *