बेचन झालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

६२ वर्षीय चmालाई अनुसन्धानका लागि प्रहरीले दोस्रो पटक अदालबाट अनुमति लिएको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंले ठगी र संगठित अपराध अन्तर्गतको कसुरमा अनुसन्धान गरिरहेको प्रहरीले पहिलो पटक थप भएको म्याद सकिएपछि हिरासतमा राख्न अनुमतिका लागि बिहीबार अदालतमा उपस्थित गराएको थियो।

अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले बताए।

झालाई नेपाल प्रहरीको विशेष टोलीले भारतबाट पक्राउ गरेर गएको शुक्रबार नेपाल ल्याएको थियो ।

पहिले ठेगाना नखुलेको भन्दै पक्राउ नपरेका झालाई पक्राउ गरेसँगै दोस्रो चरणको अनुसन्धान सुरु भएको छ।

झामाथि नक्कली भुटानी शरणार्थी प्रकरणको उच्च राजनीतिक तहसम्म कनेक्सन मिलाएको आरोप छ।

उनको नाममा २ करोड रुपैयाँको चेक काटिदिएको भेटिएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *