एसिया कप खेल्ने एपीएफका खेलाडीको बिदाइ

काठमाडौं । एसिया कप खेल्ने नेपाल एपीएफ क्लबका राष्ट्रिय क्रिकेट खेलाडीको बिदाइ गरिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आज शुक्रवार बिदाइ कार्यक्रमको आयोजना गर्दै उत्कृष्ट खेल प्रदर्शनको शुभकामनासहित बिदाइ गरेका हुन् ।

एसिया कप खेल्ने नेपाली टिममा एपीएफ क्लबमा सिता राना मगर, राजमती ऐरी, ईन्दु बर्मा, रोमा थापा र ममता चौधरी आबद्ध छन् ।

महानिरीक्षक अर्यालले खेलाडीहरूलाई खेल मैदानमा उत्रिदा जित्छु र गर्न सक्छु भन्ने भावनाकासाथ उत्कृष्ट प्रदर्शन गर्न सकियो भने राष्ट्रको नाम उचाइमा पुर्‍याउन सकिने बताए ।

उनले खेलाडीहरूको बृत्तिविकासको लागि संगठन सदैव तत्पर रहेको समेत बताए । एसिया कप यही साउन ४ देखि १३ गतेसम्म श्रीलङ्कामा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *