कांग्रेससँग मिलेर जनता र राष्ट्रको हित हुँदैन : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेले दलाल पुँजीवादसँग अँगालो मारेको आरोप लगाएका छन् ।

शुक्रवार काठमाडौंमा महाधिवेशन सम्पन्न समारोहमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनाएको समीकरणलाई उनले दलाल पुँजीवादको संज्ञा दिए ।

उनले नेपाली काँग्रेसलाई दलाल पुँजीवादको संज्ञा दिँदै उनले काँग्रेससँग अँगालो मार्ने पार्टीले जनता र राष्ट्रको हित गर्न नसक्ने जिकिर गरे ।

‘जुन प्रकारको नेतृत्व छ, त्यो नेतृत्व अब दलाल पुँजीवादसँग अँगालो मार्दैछ कमरेडहरु । दलाल पुँजीवादसँग अँगालो मार्ने कुनैपनि कम्युनिष्ट पार्टीले जनता र राष्ट्रको हित गर्न सक्दैन,’उनले भने,‘यो कुरा नेकपा एमाले पार्टी ३ लाख ५० हजार सदस्यहरुले अब आजदेखि नै गम्भीरतापूर्वक सोच्नुपर्नेछ । त्यो पार्टीभित्र व्यापक रुपान्तरणको अभियान चल्नेछ ।’

उनले अहिले नेकपा एमाले भित्र भूकम्प गएको बताए । नेकपा (एकीकृत समाजवादी) को विकास र बिस्तारलाई रोक्नसक्ने शक्ति कुनै नरहेको जिकिर गरे ।

‘हाम्रो पार्टीको विकास र बिस्तारलाई रोक्नसक्ने यो देशमा कुनै शक्ति छैन । हरेक हिसावले हाम्रो पार्टी अघि बढ्ने अवस्थामा छ । कम्युनिष्ट आन्दोलनमा अहिले दक्षिणपन्थी अवसरवाद र दक्षिणापन्थी यथास्थितिवाद हाबी छ,’उनले भने,‘आम कार्यकर्ताहरुले नयाँ विचार खोजिरहेका छन् । सही नेतृत्व खोजिरहेका छन् । सही पार्टी खोजिरहेका छन् । स्वयं नेकपा एमालेभित्र अहिले कार्यकर्ताहरुमा एक किसिमको भूकम्प गइरहेको छ । ’

सम्मानित नेता खनालले नेपालको कम्युनिष्ट आन्दोलनमा अब नयाँ पुनःगठनको प्रक्रिया शुरुवाता हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *