पावर हिटर आदिल आलमको निलम्बन फुकुवा गर्ने तयारी

काठमाडौं । अलराउण्डर आदिल आलम अन्सारीको निलम्बन फुकुवा गर्ने तयारी भएको छ ।

शुक्रवार बसेको नेपाल क्रिकेट संघ(क्यान) को बोर्ड बैठकले उनको निलम्बन फुकुवा प्रक्रियाको लागि संघको अनुशासन समितिलाई एक हप्ताको समय दिएको छ । एक हप्तामा आवश्यक निर्णय गर्न समितिलाई जिम्मेवारी दिइएको हो ।

क्यान र आइसिसीले ‘स्पट फिक्सिङ’को आरोपमा निलम्बन गरेको थियो । तर, जिल्ला अदालत काठमाडौंले आदिललाई उक्त आरोपबाट उन्मुक्ति दिएको थियो ।

त्यसपछि उनको निलम्बन फुकुवाको लागि क्यानमाथि चर्चो दबाब थियो । दबाबकै बिच क्यानले निलम्बन फुकुवाको तयारी गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *