मण्डला थिएटरमा नाट्य महोत्सव (तस्बिरहरू)

काठमाडौँ । मण्डला थिएटरमा तीन दिने नाट्य महोत्सव ‘म्याड फेस्ट (२०२४) सुरु भएको छ । शुक्रवार २१ गते देखि सुरु भएको नाट्य महोत्सव २३ गतेसम्म मञ्चन हुनेछ ।

नाट्य महोत्सव कार्यक्रम काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, रंगकर्मी पशुपति राई, महोत्सवका निर्देशक अनुप न्यौपाने र कलाकार सोमनाथ खनालले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

‘म्याड फेस्ट (२०२४)’ महोत्सव मण्डला थिएटरका पूर्व विद्यार्थीहरू र थिएटरको संयुक्त आयोजनामा भएको हो । यस महोत्सवमा विभिन्न फरक–फरक नाटकहरू ‘रेल्वे टु नो व्हेर’, ‘मिरर’, शिल्पीनी’, ‘नुग्धा’, ‘आगम’ र ‘अंकुरन’ गरि ६ वटा नाटक मञ्चन गरिने छ ।
महोत्सवमा नाटकसहित नाट्यकला सिर्जनाकै सेरोफेरोमा रहेर प्यानल छलफल, कविता, सङ्गीत प्रस्तुति, समाचार नाटक जस्ता विधामा अन्तरक्रियात्मक कार्यक्रमहरू पनि हुनेछ ।

महोत्सवमा पहिलो दिन संयोग गुरागाइँको निर्देशनमा ‘रेल्वे टु नोव्हेर’, र अदन बत्री, सुशान्त बस्नेतको लेखन तथा बस्नेतकै निर्देशनमा ‘‘मिरर’ नाटक प्रस्तुत गरिएको थियो । त्यसै गरि दोस्रो दिन श्रेया सिंहको लेखन तथा वेदना राईको निर्देशनमा ‘शिल्पिनी,’ र प्रविण तामाङको लेखन, विजय तामाङ ब्लोनको निर्देशनमा ‘नुग्धा, नाटक देखाइने छ । तेस्रो दिनभने प्रितिशा अधिकारीको लेखन तथा निर्देशनमा ‘अगम’ र सागर कार्कीको लेखन तथा निर्देशनमा ‘अंकुरन’ नाटक प्रस्तुत हुनेछन् ।

नाटक हरेक दिन दिउँसो १२ र ३ बजे मञ्चन गरिनेछ ।
तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *