कर्णाली प्रदेशको बजेट बहुमतले पारित

कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको छ।

शुक्रबार बसेको कर्णाली प्रदेशसभा बैठकबाट आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि ल्याइएको बजेट बहुमतले पारित भएको हो।

यसअघि बजेटमाथि उठेका प्रश्नहरूको अर्थमन्त्री महेन्द्र केसीले तथा सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिएका थिए।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट ल्याएको छ।

जसमध्ये पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार अर्थात ५९.७ प्रतिशत र चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख अर्थात २४.१२ प्रतिशत बजेट रहेको छ।

यस्तै, वित्तीय व्यवस्थापनतर्फ २५ करोड, स्थानीय तहका वित्तीय हस्तान्तरण ४ अर्ब ८३ करोड विनियोजन भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *