उपत्यकामा भारी वर्षा, ललितपुरमा बाढीको चेतावनी जारी

काठमाडौं । देशभरका विभिन्न स्थानसँगै काठमाडौँ उपत्यकामा पनि वर्षा जारी छ । विगत २४ घण्टामा काठमाडौँ उपत्यकाका पनि विभिन्न स्थानमा भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले बिहान ७:४८ बजे दिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका एक स्थानमा धेरै भारी र ७ स्थानमा भारी वर्षा भएको हो । महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र सबैभन्दा बढी ललितपुरको लेलेमा १२४.८ मिलिमिटर वर्षा भएको छ। सय मिलिमिटरभन्दा माथिको वर्षालाई मौसमविद् धेरै भारी वर्षा भन्छन् ।

ललितपुर जिल्लास्थित खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेको तथा नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन भन्दै महाशाखाले एसएमएस अलर्ट नै जारी गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *