अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थी भिसा शुल्क दोब्बरले बढायो

एजेन्सी । अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा शुल्क दोब्बरभन्दा बढी बढाएको छ । सरकारले तत्काल प्रभावकारी रूपमा अष्ट्रेलियामा अध्ययनका लागि आवेदन दिने विदेशी विद्यार्थीहरूको शुल्क पहिले ७१० अस्टे«लियाली डलर बाट बढाएर १६ सय अस्ट्रेलियन डलर गरिएको छ ।

गृह मामिला मन्त्री क्लेयर ओ’निलले शिक्षा मन्त्री जेसन क्लेयर, सीप तथा तालिम मन्त्री ब्रेन्डन ओ’कनर र अध्यागमन मन्त्री एन्ड्रयु गिल्ससँगको संयुक्त विज्ञप्तिमा यो वृद्धि सरकारको योजनाको एक हिस्सा भएको बताए ।

परिवर्तनहरूले अन्तर्राष्ट्रिय शिक्षा प्रणालीमा अखण्डता पुनः स्थापित गर्न र अस्ट्रेलियाका लागि राम्रो र राम्रोसँग डेलिभर गर्नसक्ने आप्रवासन प्रणाली सिर्जना गर्न मद्दत गर्ने बताए । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) को आधिकारिक तथ्याङ्कअनुसार सेप्टेम्बर २०२३ को अन्त्यसम्म १२ महिनामा अस्ट्रेलियामा नेट विदेशी बसाइसराइको रेकर्ड ५ लाख ४८ हजार ८ सयमा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *