महासचिव गुरुङको दाबी- सहकारीमा देखापरेको समस्या वित्तीय एकाधिकार पुँजीवादको उपज हो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सहकारी प्रणालीमा देखापरेको समस्या वित्तीय एकाधिकार पुँजीवादको उपज भएको बताएका छन् ।

काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सहकारीका समस्या समाधान गर्नका लागि आर्थिक, राजनीतिक क्षेत्रमा निर्मम ढंगले सुधा गर्न जरुरी रहेको बताए । उनले सानातिना सुधारले मात्रै सहकारी समस्या समाधान हुन नसक्ने बताए ।

उनले सहकारीका समस्या समाधानका लागि राष्ट्रिय औद्योगिक पुँजीको निर्माण गर्न आवश्यक रहेको उल्लेख गरे । उनले वस्तु उत्पादन, औद्योगिक उत्पादन, कृषि उत्पादनमा केन्द्रित गरेर सम्पूर्ण श्रोत र साधनहरूलाई उत्पादनमुखी बनाउन जरुरी रहेको बताए । औद्योगिक आत्मनिर्भरमा कसरी लैजाने ? कृषि उत्पादनमा कसरी लैजाने ? भन्नेबारेमा सोच्न जरुरी रहेको बताए ।

उनले भने ‘आज सहकारी प्रणालीमा देखापरेको समस्या, संकट वित्तीय एकाधिकार पुँजीवादको उपज हो । यसलाई रूपान्तरण र सुधार गर्नका लागि आर्थिक, राजनीतिक क्षेत्रमा निर्मम ढंगले सुधार नगर्ने हो भने यो क्षेत्रको सानातिना सुधारले मात्रै सुधार हुनसक्छ भन्ने सकिँदैन । यो सुधारका लागि के जरुरी हुन्छ भने राष्ट्रिय औद्योगिक पुँजीको निर्माण गर्न आवश्यक छ । वस्तु उत्पादन, औद्योगिक उत्पादन, कृषि उत्पादनमा केन्द्रित गरेर सम्पूर्ण श्रोत र साधनहरूलाई उत्पादनमुखी बनाउनुपर्छ । औद्योगिक आत्मनिर्भरमा कसरी लैजाने ? कृषि उत्पादनमा कसरी लैजाने ? यो प्रक्रियाबाट हामी जानुपर्छ । त्यसो गरे मात्रै सुधारको सम्भावना छ, होइन भने अहिलेकै परिस्थितिमा सुधार सम्भव हुँदैन ।’

महासचिव गुरुङले आर्थिक र सामाजिक प्रक्रियामा मौलिक रूपले रूपान्तरण गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *